ब्रेकिङ न्युज

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

विगत लामो समयदेखि प्याङ्क्रियाज क्यान्सरबाट पीडित भएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनलाई १४ दिनअघि हेलियस अस्पतालमा भर्ना गरिएको थियो ।

आजै २ः५१ मिनेटमा डाक्टरहरूको टिमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुयोग आचार्यले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्ण दुलालले पनि नेता श्रेष्ठको निधन भएको पुष्टि गर्दै केही बेरमा आधिकारिक विज्ञप्ति जारी गरिने बताए ।

गोपालमान कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक थिए । उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको सम्हालेका थिए थिए । गत वर्ष पुसमा उनी देउवा समूह छाडेर विशेष महाधिवेशनका पक्षमा खुलेका थिए ।