३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकासमान सिंहले ओली सरकार जनताप्रति ईतिहाकैै गैरजिम्मेवार सरकारका रुपमा स्थापति भएको दाबी गरेका छन् । आज विज्ञप्ति जारी गर्दै नेता सिंहले जनताले करिब दुई तिहाई मत दिएर बनेको ओली सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको बताएका हुन् ।
नेता सिंहले एकातिर कोरोना परिक्षण र उपचारखर्च धान्न नसक्ने बताउने सरकारले अर्काेतर्फ दशैं खर्चका नाममा सांसदहरुलाई भत्ता दिने ओली सरकारको कार्य निदनीय रहेको बताएका छन् । नेपाली कांग्रेस नेता सिंहले आफ्नो नाममा आएको दशैंभत्ता फिर्ता गर्ने जानकारी गराउँदै पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पार्टीका सांसदहरुलाई आग्रह पनि गरेका छन् ।
कोरोना महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर सांसदहरुलाई जनताको नजरमा आलोचित बनाएको आरोप लगाउँदै नेता सिंहले सरकारको यो सुनियोजित योजनाविरुद्ध नेपाली कांग्रेस उभिने बताएका छन् । सिंहले अहिले विश्वनै कोरोना महामारीको मारमा रहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको र नागरिकहरु समस्यामा रहँदा समेत सरकार भने आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर रहेको बताएका छन् ।
चीनको बुहानबाट कोरोना भाइरस फैलिएलगत्तै पर्टीले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएएको तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्ति मै रुमल्लिएको उनले टिप्पणी गरेका छन् ।
उनले कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछिएको र जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखिएको हुँदा संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा खेद व्यक्त गरेका छन् ।
विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै नेता सिंहले कांग्रेसले कोरोना शुरु हुनासाथ संसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आएको तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ नरहेको बताएका छन् । अँझैपनि मेडिकल सामाग्री खरिद, उपयुक्त आइसोलेसन वार्ड, भेन्टिलेटर, र आइसियु वार्डको नै समस्या भएको उनको भनाई छ ।





