गण्डकी प्रदेश

एलआईसी बीमा कम्पनी बागलुङले गर्याे १३ लाख मृत्युदाबी भुक्तानी

५ कात्तिक, गलकोट । एलआईसी बीमा कम्पनी बागलुङले मृत्युदाबी रकम भुक्तानी गरेको छ । गत साउन ९ गते बागलुङ नगरपालिका—१ स्थित रामरेखा सामुदायिक वनमा खसेको सुख्खा पहिरामा पुरिएर वेपत्ता भएका नेत्रबहादुर पुनको परिवारलाई जीवन बीमा बापत रु।१३ लाख ५२० हस्तान्तरण गरिएको एलआईसी बागलुङ शाखाले जनाएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका—५ घर भई बागलुङ नगरपालिका—४ उपल्लाचौर बस्दै आएका पुन पहिरामा परी वेपत्ता भएका थिए ।

पहिरामा वेपत्ता पुनको शव हालसम्म नभेटिएकाले दाबी भुक्तानी गर्न ढिलाई भएकोे एलआईसीका मार्केटिङ म्यानेजर अर्जुन घिमिरेले जानकारी दिए । घिमिरेले भने “सरकारी कार्यालयले मृत्यु सरहको राहत रकम उपलव्ध गराई मृत्यु दर्ता समेत गरेपछि हामीले मृत्युदाबी भुक्तानी दिएका हौं ।” उक्त रकम पुनकी धर्मपत्नी कल्पना थापामगरलाई हस्तान्तरण गरियो । पुनले दुई वर्ष अगाडि मात्रै ६ लाख १० हजारको जीवन आनन्द बीमा पोलिसी खरिद गरेका थिए । उनले दुई वर्षको ९४ हजार २०४ मात्र बीमा बापतको रकम कम्पनीलाई बुझाएक थिए ।