१७ कार्तिक, काठमाडौं । नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, कार्तिक २६ मा आयोजना गर्ने तयारी मारहेको छ । ली बाबाको ११.११ चीनबाट सुरुभई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ ।
११११ मा ग्राहकहरुले मेगाडिल, फ्ल्याससेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउने छन् । यस पालिको ११११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्ड मार्फत समान अर्डर गर्दा २०५ काे ३ हजार सम्मको छुट पाउने छन ।
यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्ड धारकहरू योग्य छन् । यस छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्ड मार्फत अनलाइन शपिंग गर्न मिल्ने हुनपर्छ । ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्ने जनाईएको छ ।
११११ माग्राहकहरुले दराज वन रुपैयाँ गेम, एडटुकार्ट एण्ड विन, मिसन११११, र डिएफजी लुडो प्रतियोगिता जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउने जनाईएको छ । दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एडटुकार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित १५ सय जित्न सक्ने छन । साथै, ग्राहकहरूले ११११ मा शपिंग गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्ने छन ।
१.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ । त्यसैले नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९ सय भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ ।
साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेकस्थान मा नियमित सर सफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ । समग्रमा, २०२० को दाराज ११।११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सबभन्दा ठूलो अनलाइन सेल हुने भएको छ ।





