राजनीति

शुक्रबारको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो २४ गते सोमबार

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक कात्र्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार काँग्रेसले अनुरोध गरेको छ ।
नेपाली काँग्रेसको आउँदै गरेको १४ औं महाधिवेशनको बिषयमा गहन छलफल गर्न बोलाईएको बैठक कुन कारणले सारेको स्पष्ट नभएपनि बैठकको आन्तरिक तयारी गर्न संसद सुर्यबहादुर केसीको निधनले नसकिएको कारण हुनसक्ने एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सरेको विज्ञप्ती जारी गर्दै पुष्टी गरेका छन् ।