राजनीति

काँग्रेसमा गणेशमान सिंह जस्ता पद त्याग गर्ने नेताहरु भए पार्टी र मुलुक बलियो हुन्छः नेता गुरुगं

२४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले वीर गण्शेमान सिंहले ‘महाराज म प्रधानमन्त्री बन्दिनँ। मेरो स्वास्थ्यले साथ दिंदैन।’ भनेको स्मरण गरेका छन् । उनले २०४७ साल बैसाख ३ गते गणेशमान सिंहले तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न अफर गर्दा ईन्कार गरेको बिषयलाई जोड्दै १०६ औं जन्मजयनतीमा स्व.सिंहलाई सम्झिएका छन् । धनराजले भनेका छन्, ‘उही महान नेता गणेशमानजीको जन्मदिनको अवसरमा उहाँ प्रति श्रद्धा सुमन अर्पण गर्दछु। पहिले पद त्याग गरेर पार्टी बचाउने नेताहरु हुनुहुन्थ्यो। अहिले हामीले ‘त्याग’ कै हत्या गरिदियौं कि?’ नेता गुरुगंले निष्ठाको राजनीति गर्दै गणेसमानको त्यागलाई सम्झिएर पदका लागि जे पनि गर्ने अहिलेको राजनीतिक प्रबृतिको अन्त्य गर्न जरुरी रहेको संकेत गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिलगायतमा देखिएका आकाँक्षी र त्यसको व्यवस्थापनमा चासो लिँदै मुलुकका लागि पदमात्र महत्वपूर्ण मान्न नहुने उनको तर्क हो । पदभन्दा पद्धतीकोपछि लागी गणेशमान सिंहले लागेजरीले नै सबै नेता लागेमा पार्टी र लोकतन्त्र बलियो हुने उनको संकेत छ ।
धनराजको ट्वीटः ‘महाराज म प्रधामन्त्री बन्दिनँ। मेरो स्वास्थ्यले साथ दिंदैन।’ सर्बोच्च नेता गणेशमानसिंह २०४७ बैसाख ३ गते। उही महान नेता गणेशमानजीको जन्मदिनको अवसरमा उहाँ प्रति श्रद्धा सुमन अर्पण गर्दछु। पहिले पद त्याग गरेर पार्टी बचाउने नेताहरु हुनुहुन्थ्यो। अहिले हामीले ‘त्याग’ कै हत्या गरिदियौं कि?