आर्थिक

नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देश मुलक भिडियो

२६ कात्तिक, काठमाडौँ । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउदै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनिनिकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागिनबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ।

नबिलबैंकले दशैंको बेलापनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनसँग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफलभयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा(फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन)कुल १३ लाख दर्शकहरुले हेरेका छ न्। दशैंको भिडियोले पाएको मायाको लागिनबिल बैंक सबैलाई आभार व्यक्तगर्न चाहन्छ ।

तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मक रुपक ानजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षालिएको छ ।
भिडियो हेर्न लिंकमाजानुहोस्ः  https://youtu.be/UDHa2E6ekNA