प्रदेश 1

मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्षको निधन

१ मङ्सिर, दमक । मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको आज निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौँमा निधन भएको हो ।

पेटमा समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियोे । पौडेल दमकका सहकारी संस्थाद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्षसमेत थिए ।