राजनीति

प्रचण्ड/ओलीको झगडालाई संकेत गर्दै धनराज भन्छन्,‘पाइला पाइलामा निष्ठाको राजनीतिले हार्यो’

२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले पाइला पाइलामा निष्ठाको राजनीतिले हारेको टिप्पणी गरेका छन् । नेकपाका दुई शक्तीसाली अध्यक्ष केपी शर्मँ ओली र अध्यक्ष पुष्पकमल दहालको पदलोलुपको लडाईले गणतन्त्रको धज्जी उडाएको संकेत गरेका हुन् । नेता गुरुगंले भनेका छन्, ‘जब निष्ठाको राजनीतिले हार्छ तब अनिष्ट निम्त्याउँछ। गणतन्त्रका साँढेहरुको जुधाई निष्ठाका लागि नभएर अनिष्ट निम्त्याउन भइरहेको छ।’ उनले निष्ठाको राजनीतिले हारेपछि भनेका छन्, ‘पशुपतिनाथले नेपाली जनताको रक्षा गरून्।’
नेता गुरुगंको ट्वीटः पाइला पाइलामा निष्ठाको राजनीतिले हारेको छ। जब निष्ठाको राजनीतिले हार्छ तब अनिष्ट निम्त्याउँछ। गणतन्त्रका साँढेहरुको जुधाई निष्ठाका लागि नभएर अनिष्ट निम्त्याउन भइरहेको छ।
पशुपतिनाथले नेपाली जनताको रक्षा गरून्।