आर्थिक

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना

३ मङ्सिर, काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीले नायब प्रमुखकार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई निमित्त प्रमुखकार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कात्तिक २४ गतेबाट कायम मुकायम प्रमुखकार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्तभई भावपुर्ण बिदाई पश्चात नायब प्रमुखकार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुखकार्यकारी अधिकृत तोकिएको हो । कम्पनीले प्रथम त्रैमासको अवधिमा गतबर्षको तुलनामा बीमा शुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफलभएको कम्पनीले जनाएको छ ।