४ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमकाबीचवोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब शेयर रजिष्ट्रार (धितोपत्र नामसारी, शेयर दाखिल खारेज, शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनश शेयर तथा लाभांश पुर्जा बितरण) सम्बन्धी सम्पुर्ण कार्यका लागिकुमारी क्यापिटल लिमिटेडना गपोखरी १, नक्साल, काठमाण्डौं मार्फत सेवाउपलब्ध गराउने लघुवित्तले जनाएको छ । साथै कुमारी क्यापिटल मार्फत सेवाप्रारम्भ हुने मिति सार्बजनिक सुचनामार्फत जानकारी गराइनेछ ।





