सामाजिक सञ्जाल

डा बाबुरामले यसरी सम्झिए बिपी र प्रचण्डलाई, प्रचण्डको चैं किन लिएनन् नाम !

८ मंसिर, काठमाडौं । संघीय समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले क्रान्तपछि कान्तीकारीहरुको नेतृत्वमा लामो समय सरकारको नेतृत्व रहेमात्र मुलुकको समृद्धि हुने दाबी गरेका छन्। पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले विपी कोईराला प्रधानमन्त्री भएको समयमा पनि त्यसबेला क्रान्तीकारी कोईराला तत्कालीन राजा महेन्द्रले १८ महिनामा फोलेको स्मरण गर्दै ०६२/६३ को आन्दोलनपछिको माओबादी मधेशबादी कान्तीपछिको नेकपा तत्कालीन माओबादी अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकार बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फालेको बताएका छन् ।
माओबादी र अध्यक्ष दहाललाई छाडेर नयाँशक्ती पार्ट खोलेर उक्त पार्टीको संयोजक बनेका जनता समाजबादीका अध्यक्ष डा भट्टराई स)घीय समाजबादी हुँदै जनता समाजबादी दलमा आएक छन् । उनले अहिले बिपी कोईराला र प्रचण्डलाई सम्झिएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक रुपमा पानी बाराबारकै अवस्थामा झगडामा उत्रिएका अध्यक्ष दहाल पनि आफ्नो समूह समस्यामा परेका बेला डा भट्टराईले अध्यक्ष दहाललाई सम्झिएका छन् । डा भट्टराईले विपी को नाम लिएर प्रचण्डको नाम लिएपनि डा भट्टराइको ट्वीटले अध्यक्ष प्रचण्डको लिडरसिपमा झण्डै १५ बर्ष रहेका उनले १० बर्षको भूमिगत जनयुद्धलाई पनि सम्झिएको देखिन्छ ।
डा भट्टराईले दुई वटा बुंदामा आफ्नो कुरा राखेको छन्, पहिलोमा, ‘हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै? १.समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगतारुविश्व इतिहाससिद्ध तथ्य भन्छ–निरन्तरतामा क्रमभंगता! अर्थात् आवधिक रचनात्मक ध्वंस! हामीकहॉ चैं जनयुद्ध,मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ! अनि देश बन्छ ?’
उनले अर्को बुंदामा भनेका छन्, ‘२. इतिहास भन्छ– क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयॉ संरचना संस्थागत हुन्छन र देश बन्छ। हामीकहॉ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले१८महिनामा फाले! पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादीरमधेसवादीलाई ९महिनामा ओलीले फाले र हिरो बने! अनि देश बन्छ?’