८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गर्न ताप्लेजुङ पुगेका छन् ।
प्रधानमन्त्रीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि ताप्लेजुङ पुगेका छन ।
घुन्सामा भवन उद्घाटनपछि टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । टोलीले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्धानमन्त्री ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।





