आर्थिक

सुन आज तोलामा १८ सयले घट्यो, पु्ग्यो ९२ हजार ५ सय

९ मंसिर, काठमाडौं ।  आज (मंगलबार) सुनको मूल्य तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा पुगेको छ । सोमबार सुन ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको भन्दा ३० रुपैयाँले कम हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।