आर्थिक

महासंघका अधिकांस पुर्व अध्यक्षहरुको आग्रहः यसपाली बरिष्ठ उपाध्यक्षमा प्रधान अर्को पटक ढकाल

९ मङ्गलवार, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि बर्तमान अध्यक्ष भवानी राणाले सहमतिका लागि सोमवार गरेको प्रयास असफल भएपछि महासंघका पुर्व अध्यक्षहरु सहमतिनभए पछि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमाजानु पर्नेमाजोड दिएका छन् ।
बिवादित छवी भएकापुर्व अध्यक्ष चण्डी ढकालको भरोसामा चुनाव लडेका चन्द्ध ढकालले अधिकांस पुर्व अध्यक्ष र बर्तमान कार्यसमितीको साथ पाउन सकेनन् । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष कुसकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान, पध्म ज्योतिमात्रहोइन अन्तिमसम्म सहमतिको प्रयास गरेका रविभक्त श्रेष्ठ, सुरज बैध, आन्तदराज मुल्मीले समेत भावी अध्यक्ष शेखर गोल्छाको समुहबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका किशोर प्रधानको पक्षमा मत जाहेर गरेका छन् । किशोर प्रधान र चन्द्र ढकाल दुवै जना महासंघका लागि चाहिने ब्यक्ति हुन् । कोभीड महामारीका बेला सहमतिबाट सर्वसम्मत नेतृत्वचयन गरेको भएनिकै राम्रो सन्देश जाने थियो तर त्यो सम्भावना सकिएपछि लोकतान्त्रिक बिधिबाट चुनावमा जादा यसपाली किशोर प्रधानलाई निर्वाचित गराउन निर्वतमान अध्यक्ष पशुपति मुरारकाले आग्रह गरे । अर्कोपटक हामी चन्द्र ढकाल जीलाई पनि बरिष्ठ उपाध्यक्षमा मत जाहेर गर्न आग्रह गछौं मुरारकाले भने । त्यस्तै मत छ अर्का पुर्व अध्यक्ष कुशकुमार जोशीको पनि यो लडाई खासमा महासंघलाई कमाइ खाने पेशा बनाउनेका बिरुद्धमा हो । अघिल्लो पटक शेखर जीसंग चुनावहारे पछि महासंघबाट बिदाहुनु भएका किशोर जीलाई तपाई बिना महासंघ चलायमान भएन प्रमोद श्रेष्ठको उपाध्यक्ष पदमा आइदिनुस् अर्को पटक बरिष्ठ उपाध्यक्षतपाई नै हो भनेर पद बाड्ने मानिस अहिले आएर आफनो स्वार्थ अनुकुल महासंघलाई राजनितिकरण गर्न मिल्छ ? जोशीले प्रश्न गरे । बर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छाले किशोर प्रधान र चन्द्र ढकाल दुवै जना निकै क्षमतावान र महासंघको गरिमा उच्च राख्ने ब्यक्ति हुदाँहुदै पनि महासंघको सुढुणीकरण र सुद्रीकरणका लागि यसपाली किशोर दाई अर्को पटक चन्द्र ढकाल भन्नुपर्ने अवस्था आएको बताए । यो चुनाव किशोर दाईले जित्ने बित्तिकै महासंघमा आगो बालेर दुधको साची बिरालो बन्ने अनि चुनावको नाममा भाई फुटे गवार लुटेका तालमा स्वार्थ अनुकुल महासंघ चलाउन खोज्नेको पतनहुने बताए । हाम्रो लागि र महासंघको उज्जवल भविश्यका लागि यो आवश्यक भएको उनले बताए । पुर्व अध्यक्षहरु महेशलाल प्रधान, प्रदिप कुमार श्रेष्ठ, बिनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठलगायतका पुर्व अध्यक्षहरुले समेत निर्वाचन नै हुने अवस्थामा महासंघ बलियो बनाउन सेखर गोल्छाले कामगर्नका लागि छानेको टिम नै महासंघको टिम हुने बताए । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानजी आएपनि चन्द्र ढकाल पनि चेम्वर आन्दोलनमै रहने गरी बातावरण निमार्णका लागि पहलगर्ने पुर्व अध्यक्षहरुको भनाई छ । किशोर प्रधानलाई प्रदेश नं १, २, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिंकास जिल्ला नगरका जिल्लाअध्यक्षको समर्थन छ भने कणार्लीमा दुवैको राम्रो रहेको बताइन्छ । गण्डकी प्रदेशमा भने चन्द्र ढकालको पक्षमा माहोल देखिन्छ । अधिकांस जिल्ला नगरका अध्यक्षहरु मङ्सीर १३ गतेबाट स्वतः अध्यक्ष बन्ने शेखर गोल्छाको पक्षमा देखिएपछि किशोर प्रधान बरिष्ठ उपाध्यक्षमा आउने पक्कापक्की जस्तै छ । अन्य उपाध्यक्ष पदहरुमध्ये एसोसियट्समा सौरभ ज्योति अघि छन् भने जिल्लानगर र बस्तुगतमा कडा प्रतिस्पर्धा रहेको महासंघ सदस्यहरु बताउन् । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई जिताउनकालागि महासंघका बर्तमान अध्यक्ष, भावी अध्यक्ष, निर्वतनमान र पुर्व अध्यक्षहरुले भिडियो सन्देशमार्फत आग्रह गरिरहेका छन् ।