मनोरञ्जन

कृष्ण र शान्तिश्रीको मायाले दिएको घडीमा चक्र र रिया को अभिनय

१३ मंसिर, काठमाडौं । कृष्ण लामिछाने र शान्तिश्रीको सुमधुर आवाज रहेको मायाले दिएको घडी गीत सार्वजनिक भएको छ ।

लोक तथा दोहोरी गायक कृष्ण लामिछानेको आवाजमा निकै राम्रो मायाले दिएको घडी बोलको गीत सार्वजनिक भएको हो । जसमा तेजेन्द्र दुराको शब्द सिर्जना कृष्ण लामिछानेको लय सिर्जना गरेका हुन् ।

चक्र बम र रिया बलामीले अभिनय गरेको गीतमा विक्रम चौहानले नृत्य निर्देशन गरेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका थिए ।

विरेन्द्र भट्टको क्यामेरा , विकास ज्ञावालीको सम्पादनमा गीत तयार भएको हो । मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतलाई गायक तथा मोडल चक्र बमको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली बजारमा गीतहरु दिनानुदिन आइरहेका छन् ।

गीतको भिडियोः