बाग्मती

हराएको गहना र नगद सम्बन्धितलाई बुझाइयो

१५ मङ्सिर, काठमाडौँ । प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए । प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर बुझाएको हो ।