पु.समाचार

राजावादीको आन्दोलनको बिरोधमा उत्रिए बाबुरामः भन्छन् नातीले गणतन्त्रको रक्षा गर्छन्

१६ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा राजा आउ देश बचाउ भन्दै भईरहेका बिभिन्न प्रदर्शन प्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले राजावदीहरुको उक्त प्रर्दशनप्रति लक्षित गर्दै सार्वभौम बनेका जनता फेरी दासतामा नर्फिकने दाबी गरेका छन् ।

डा.भट्टराईले यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै भएको धाराणा  समेत व्यक्त गरेका छन् ।

उनले तर यो २१ औं शताब्दी भएको र सार्वभौम बनेका जनता फेरि दासतामा नफर्कने भन्दै आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको बताएका छन् ।

नेपालमा पछिल्लो समय ओली सरकारका बिभिन्न हर्कतबाट रुष्ट  भएकाहरु र राजसंस्था चाहने राजावादीहरु राजसंस्था पुर्न स्थापना र हिन्दुराष्ट्रको माग गर्दै दैनिक जसो मुलुकका विभिन्न स्थानका सडकमा उत्रने गरेका छन् ।

उनको ट्वीटः यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ । तर यो २१ औं शताब्दी होससार्व भौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है !