राजनीति

श्रीपेच रहितका महाराज बयलगाडे ओलीको अब दिन गन्ती सुरु भयोः धनराज गुरुगं

१८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले राजतन्त्रको बिरोधमा सडकमा नारा लगाउँदा बयलडाढण चढेर अमेरिका पुग्न नसक्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती शुरु भएको प्रतिकृया दिएका छन् । नेता गुरुगंले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँको एक पुल उद्घाटन गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गरिएको नियन्त्रणको बिरोध गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध खनिएका हुन् ।
नेता गुरुगंले ट्वीट गर्दै भनेका छन्, ‘लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दियो।’
उनले आक्रोशित हुँदै थपे, ‘हामी श्रीपेच सहितको राजाको बिरुद्ध सडकमा लडिरहेको बेलामा बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेच रहितको महाराजको अब दिन गन्ती सुरु भयो।’
बरिष्ठ नेता पौडेललाई तीन घण्टाभन्दा बढी पुल उद्घाटनलाई रोक्न प्रशसनले थुनेर अपरान्ह छाडेको थियो । नेता पौडेललाई नियन्त्रणमा लिएको घटनाको सर्बत्र बिरोध भईरहेको छ । उक्त पुल बिहीबार आज उद्घाटन गर्ने कार्यक्रम छ ।
उनको ट्वीटः लोकतन्त्रका लागि अनवरत लड्नु भएका श्रद्धेय नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर आज गणतन्त्रका महाराजले निरङ्कुश शासकको परिचय दियो। हामी श्रीपेच सहितको राजाको बिरुद्ध सडकमा लडिरहेको बेलामा बयलगाडाको कथा सुनाएर बस्ने श्रीपेच रहितको महाराजको अब दिन गन्ती सुरु भयो।