१८ मङ्सिर, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा रहेको छ ।
यसै सुबिधा अन्र्तगत श्री रुद्र प्रसाद वस्तीज्यूलाई बैंकले ५००,०००.०० (अक्षेरुपी पाँच लाख मात्र) बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा श्री वस्तीज्यूले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहनु भएको छ । श्री वस्तीज्यूले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आईरहेको छ ।
बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख श्री दिपक लम्सालज्यूले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्री रुद्र प्रसाद वस्तीज्यूलाई हस्तान्तरण गरे। उक्त कार्यक्रममा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक श्री माधव रेग्मीज्यूको उपस्थीती रहेको थियो ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।





