राजनीति

डा भट्टराई भन्छन्ः जो अगुवा उही बाटो ह.. अब त अति भो !

१९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पछिल्लो समय नेकपाको बिबादमा राष्ट्रपतिकहाँ धाउने प्रबृद्धिको कटाक्ष गरेका छन् ।

पछिल्लो पटक नेकपा बिबादमा विभिन्न शिर्ष नेताहरुले राष्ट्रपति भण्डारीलाई भेटेको समाचारहरु सार्वजनिक भएका बेला भट्टराईको यस्तो भनाई सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा. भट्टराईले पटकपटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहॉ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ? भन्दै प्रश्न गरेका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले त्यस्तो शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । साथै उनले अगाडी यस्तो भनेका छनः नत्र यो जो अगुवा उही बाटो ह..अति भो !

उनको ट्वीटः पटकपटक पार्टीरराज्यका समस्या लिएर राष्ट्रपतिकहॉ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत होरुत्यस्तो शक्तिशालीरसक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ न त१नत्र यो जो अगुवा उही बाटो ह..अति भो !