१९ मङ्सिर, काठमाडौँ । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक र वान टु वाच, एक लगानीप्रबर्धन कम्पनीले संयुक्त रूपमा“कोभिड १९ एमएसएमई कोष नेपाल”अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याजमुक्त र धितो रहितकर्जा प्रदानगर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसै गरियीव्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आनो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहितकर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तानी गर्नेछ ।
नबिल बैंकका डेपुटी सीईओ, श्री सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममानबिल बैंककातर्फबाट प्रमुखएसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचकातर्फबाट कार्यक्रमप्रबन्धक, सुब्रिनाश्रेष्ठको उपस्थिति थियो ।
साझेदारीको बारेमाबोल्दै, नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोविड १९ प्रभावितव्यवसायलाई यस कठिन समयमाबा“च्नको लागि सहयोग पुर्याउन र निरन्तरतादिइ सक्षम हुन धितो रहित र ब्याज मुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं। नबिलबैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुच पु¥याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्दि्त रहेको छ ।”
साथै, वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले भने, “हामीनबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउदा अत्यन्त खुशी छौं । केहीहप्ता अघि यो कोषको थालनी भए देखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रति क्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”
लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि निम्नलिंकमा –https://rb.gy/8jqzxg_ रहेको आवेदनफारम भरी कर्जा आवेदन गर्न सक्छन्।
नबिल बैंकले आफनो देशभर ११९ वटा शाखा कार्यालयहरु, १८५ एटीएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।
वान टु वाच
वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ । वान टु वाचले साना र मध्यमआकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूसँग काम गर्दछन । उनीहरू आफनो लगानी ब्यवस्थापन विशेषज्ञता प्रयोग गरी उद्यमीहरूलाई सहयोग पुर्याउन र स्थानीय जनताकालागि रोजगारी सिर्जना गरिरहेका छन् । वान टु वाचको समुदायले ४० भन्दा बढी स्थानीय सल्लाहकार, २०ं भन्दा बढी अन्तर्राष्ट्रिय सल्लाहकार, १३ उद्योग विशेषज्ञ, ४० माथि लगानीकर्ता र ८ संस्थागत साझेदार समावेश गर्दछ ।





