२१ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सुर्य थापाले नेकपाकै उपाध्यक्ष बामदेब गौतमले संबिधान सभा भवन अगाडी बााटो नाघेको फोटो सामाजिक सञ्जालमा फोष्ट गरेका छन् ।
नेकपाका युवा नेतासमेत रहेका सल्लाहकार थापाले गृहमन्त्री हुँदा उपाध्यक्ष गौतमले बाटो काटेको तस्विर पोष्ट गर्दै ‘को कस्तो ? तस्विर काफी छ ?’ भन्ने लेखेका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुद्धमा अर्का अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले धु्रबिकरण गरेपछि अल्पमतमा परेका ओलीलाई बामदेबले नसघाउने भएपछि ओली र उनका सहयोगी सल्लाहकारहरु अध्यक्ष दहाल र उनको समूहसँग बिच्किने क्रममा बामदेबसँग पनि रुष्ट भएको परिणामसहित सल्लाहकार थापाको प्रतिकृया आएको रुपमा बिश्लेशकहरुले लिएका छन् । सचिवालयमा भएका नौ जनामध्ये ५ जना स्पष्ट रुपमा प्रधानमन्त्री ओलीको बिरुद्धमा भएपनि प्रधानमन्त्री ओलीको अध्यक्ष र प्रधानमन्त्री पद संकटमा त परेको छ नै, उनी सर्बत्र आलोचनाको शिकारसमेत भएके छन् ।
शनिबारको सचिवालय बैठकमा कुनैपनि आलतमा आफूले नेकपाको अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने अभिब्यक्ती दिएका प्रधानमन्त्री आफू अझै जसरी पनि बहुमत जुटाउने रणनीतिमा भएको बुझिन्छ । प्रधानमन्त्रीले बामदेबलाई प्रयोग गरेर बिगतमा बचेका भएपनि यसपटक बामदेबले प्रधानमन्त्री ओलीलाई भन्दा अध्यक्ष दहाल समूहलाई नछाड्नेगरी अगाडी बढेको पछिल्ला राजनीतिक घटना क्रमले देखाउछ ।
बामदेबलाई उक्त तस्विरसहितसुर्य थापाले राखेको तस्विर सामाजिक सञ्जालमा भाईरल भएको छ । स्पष्ट वक्ता सल्लाहकार थापा आफूलाई लागेको र देखेको स्पस्टसँग बोल्ने र लेख्नेमा पर्ने सर्बसाधारण बताउने गरेका छन् । यसैको पछिल्लो शिकार बामदेबको तस्विर बनेको छ । उक्त तस्विरलाई आफ्नै पार्टीको नेताले बिगतमा गरेको गलत कार्यको आफ्नै पार्टीका इमान्दार कार्यकर्ताको साँकेतिक रुपको कडा आलोचनाको रुपमासकेत लिएर हेरिएको छ । पहिले नै भाईरल भएको उक्त तस्विर सल्लाहकार थापाको पोष्टपछि झनै भाईरल बनिरहेको छ ।






