२१ मसिंर,काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आजबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
यो शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११५ पुगेको छ ।
ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाकोलेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।
सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा
शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।





