आर्थिक

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात, एकान्तकुनामा

२२ मंसिर, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
अब ललितपुरको एकान्तकुनास्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नोसम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।
करिव पाँचलाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा३ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७०अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।