२३ मङ्सिर, काठमाडौँ । सानिमा बैंकले आफ्ना बचत कर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकता यादव श्रेष्ठलाइ औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाताखोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७,२३०.०० को औषधी उपचार बीमा भुक्तानी पाएका छन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे ।
दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा),१० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुकोबीमा सुविधा पाउन सक्नेछन् ।
श्री श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो ।
सानिमा बैंकको सातै प्रदेश माहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।





