राजनीति

प्रधानमन्त्रीलाई उदयको प्रश्नः जनताले कोरोना खोप पाउनेकी, सत्ताको चर्तिकला हेरेर बस्ने ?

२५ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता उदयसंशेर रानाले नेपाली नागरिकले कोरोना खोप कहिले पाउँछ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै पुर्व अर्थराज्यमन्त्री समेत रहेका नेता रानाले कोरोना खोप विकाश भयो भन्ने समाचारले मख्ख मात्रै हुने की खोप नि पाउँछौं प्रधानमन्त्री ज्यु भन्दै कडा प्रश्न गरेका छन् ।

नेता उदयले कतिपय देशले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिन थालिसको र धेरैले खोप अर्डर नै गरिसकेको अवस्थामा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले नेपाली नागरिकले कोरोना खोप पाउन कति समय कुर्नुपर्ने हो भन्दै बि नेपालीले अब सत्ताको चर्तिकला हेरेरै बस्ने हो भन्दै कटाक्ष गरेका छन् । बिश्वमा कोरोना खोप अँईसकेको र अर्कातिर मुलुकमा सरकारको नेतृत्व गरेको नेकपा भने आन्तरिक द्वन्द मिलाउनमै व्यत रहेको बेला उनको यस्तो धारणा सार्वजनीक भएको हो ।

उनको ट्वीटः कतिपय देशले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिन थालिसके । धेरैले खोप अर्डर नै गरिसके। अनि हामीचाँही खोपको विकास भयो भन्ने समाचार सुनेर मख्ख भएर बस्ने मात्रै कि खोप लगाउन नि पाउँछौं @PM_Nepal ज्यु ?  अनि कति समय कुर्नुपर्ने हो नेपालीले अबरु कि सत्ताको चर्तिकला हेरेरै बस्ने ?