२६ मंसिर, काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना भवनमा उपचाररत् थप १ जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
अस्पतालको भेन्टिलेटरमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनलाई मंसिर २४ गते संक्रमण पुष्टि भएको थियो । यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





