सामाजिक सञ्जाल

त्यस्तो सत्ता र समाजबाट हत्या हिंसाको अन्त्य कसरी होला र ?

२६ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शिक्षकको हत्या गरेको घटना प्रति टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त नेता पाण्डेले शिक्षक हत्या घटनालाई ईगित गर्दै व्यक्ति हत्यालाई क्रान्ति भनेर तिनै हत्याराहरुलाई क्रान्तिकारी ठानेर मतदान गरि सत्तामा पुर्याई त्यहि सत्ता दण्डहिनतालाई प्रोत्साहित गर्ने बताएका छन् । साथै उनले त्यस्तो सत्ता र समाजबाट हत्या हिंसाको अन्त्य कसरी होला र ? भन्दै प्रश्न गरेका छन् ।

केहि दिन पहिले बिप्लब नेतृत्वको नेकपाले एक शिक्षकको हत्या गरेको भनि चौतर्फि टिप्पणी भएका बेला उनको यस्तो धारणा सार्वजनीक भएको हो । उता बिप्लवले भने आफ्नो पार्टीको सुराकी गरेकाले शिक्षकको हत्या गरेका दाबी गरेको छ ।

उनको ट्वीटः जहाँ व्यक्ति हत्यालाई क्रान्ति भनिन्छ र तिनै हत्याराहरुलाई क्रान्तिकारी ठानेर मतदान गरि सत्तामा पुर्याइन्छ, त्यहि सत्ता दण्डहिनतालाई प्रोत्साहित गर्दछ । त्यस्तो सत्ता र समाजबाट हत्या हिंसाको अन्त्य कसरी होला र ?