खेलकुद

क्रिकेट टिमका पूर्व कप्तान पारसलाई कोरोना संक्रमण पुष्टि

२७ मंसिर, एजेन्सी । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान गरिएको परिक्षण अनुसार आफुलाई संक्रमण पुष्टि भएको पारसले जनाएका छन् ।

उनले आफुलाई सामान्य लक्षण देखिएपछि शुक्रबार परिक्षण गरिएको बताएका छन् । उनले बिहिबार साँझबाट आफुले स्वाद र गन्ध गुमाएको उल्लेख गरे ।

पारसले आफु घरमै एकान्तवासमा रहेको र चिकित्सकको सल्लाहा अनुसार सम्पूर्ण मापदण्ड अनुशरण गरेको जानकारी दिएका छन् ।

संक्रमण भएसंगै पारसले शनिबार चितवनमा सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाउनेछन् । पारसले यसअघि नारायणी टिमको नेतृत्व तय गर्ने थियो ।