सामाजिक सञ्जाल

डा भट्टराईको आग्रहः बिप्लव नेकपाले गलत नीति त्यागोस र राज्यले सार्थक वार्ता गरोस्

२७ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गलत नीति त्याग्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले बिप्लव नेकपाले गरेको शिक्षक हत्यातर्फ ईंगीत गर्दै बिप्लव नेकपाले गलत नीति त्याग्नुपर्ने र राज्यले सार्थक वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले बिप्लव नेकपाले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बॉदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेको टप्पणी गरेका छन् । डा भट्टराईले व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेको पनि धारणा व्यक्त गरेका छन् ।

उनको ट्वीटः चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बॉदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ । व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ । चन्द समूहले गलत नीति त्यागोस / राज्यले सार्थक वार्ता गरोस् !