अन्तर्राष्ट्रिय

अमेरिकी सरकारले दियो फाईजर खोप प्रयोगको अनुमती

२७ मंसिर, एजेन्सी । अमेरिकी सरकारले कोरोना विरुद्धको फाईजर खोप प्रयोगको अनुमती दिएको छ । सरकारी समहतीसंग उक्त खोप केहिदिनमा मुलुकका नागरिकलाई दिईने भएको छ ।

अमेरिकाको खाद्यय तथा औंषधि प्रसाशनले शुक्रबार फाईजर खोपको तत्कालीन प्रयोगको लागी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा जोखिममा रहेकालाई दिईने समाचार संस्था रोयर्टसले जनाएको छ । यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडिएफलाई फाईजर – बायोनेटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगकालागी अनुमती दिन सुझाव दिएका थिए ।

यसैबिच अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले उक्त औंषधि २४ घण्टाभित्र उपलब्ध हुने जानकारी दिएका छन् ।