सामाजिक सञ्जाल

गगन आक्रोसीतः अंग्रेजी नजान्ने नागरिकनै हैन, सरकारको असक्षमताको भारी जनतामाथि ?

२७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदय गगन कुमार थापा ओली सरकारप्रति आक्रोसीत भएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने र भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर सरकारले के नागरिकको खिसी गर्न खोजेको हो भन्दै टिप्पणी गरेका छन् । उनले के अंग्रेजी नजान्ने व्यक्ति नेपाली नागरिक नै हैनन् ? भन्दै सरकारसंग प्रश्न गरेका छन् ।

नेता थापाले नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि भन्दै उनले गृहमन्त्रीलाई यो कसको र कस्तो उटपट्याङ हो भन्दै कडा प्रश्न गरेका छन् ।

 

उनको ट्वीटः भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेकोर ? अंग्रेजी नजान्ने नागरिक नै हैनरुनेपाल सरकारको अक्षमताको भारी नागरिकमाथिरु गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ होर ?