सामाजिक सञ्जाल

नेता गुरुङको प्रश्नः देश चलाउने नेताहरुलाई शैक्षिक योग्यता नचाहिने तर भ्रमण जाने नागरिकलाई चाहिने ?

२७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले देश चलाउने नेताहरुलाई शैक्षिक योग्यता नचाहिने तर भ्रमण जाने नागरिकलाई चाहिने भन्दै प्रश्न गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले भिजिट भिसाको नाममा अवाञ्छित कार्य गर्नेलाई दण्डित नगर्ने तर बिदेश भ्रमणमा जानेलाई शैक्षिक प्रमाणपत्र र अंग्रेजी भाषा जान्नु पर्ने बनाएर नागरिकको स्वतन्त्रताको हक खोस्न नपाईने बताएका छन् ।

देश चलाउने नेतालाई शैक्षिक योग्यता नचाहिने तर भ्रमणमा जाने नागरिकलाई चाहिने भन्दै सरकारको हदैसम्मको नालायकीपन भएको बताएका छन् ।

उनको ट्वीटः भिजिट भिसाको नाममा अवाञ्छित कार्य गर्नेलाई दण्डित नगर्ने तर बिदेश भ्रमणमा जानेलाई शैक्षिक प्रमाणपत्र र अंग्रेजी भाषा जान्नु पर्ने बनाएर नागरिकको स्वतन्त्रताको हक खोस्न पाईदैन। देश चलाउने नेतालाई शैक्षिक योग्यता नचाहिने तर भ्रमणमा जाने नागरिकलाई चाहिनेरुसरकारको हदैसम्मको नालायकीपन ।