अन्तर्राष्ट्रिय

अ‍ेमेरिकी जनताले भोलीदेखी कोरोना विरुद्धको फाईजर र बायोनेटेक भ्याक्सिन पाउने

२८ मंसिर, एजेन्सी । अमेरिकी जनताले भोली (सोमबार)देखि कोरोना भाइरस विरुद्धको फाइजर र बायोन्टेक कोरोना भ्याक्सिन पाउने भएका छन् । यसका लागि भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध खोप फाइजर र बायोन्टेक भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी रहेको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताइसकेको अवस्थाामा अमेरिकाले आफना नागरिकहरुलाई आजबाट यो खोप उपलब्ध गराउने भएको हो ।

एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो । यसअघि यो खोप बेलायत र क्यानाडाले प्रयोगमा ल्याइसकेका छन् । एजेन्सी