२८ मङ्सिर, काठमाडौँ । ग्लोबल आइएमई बैंकले तेह्रथुमजिल्ला फेदापगाउँपालिकामा,धनुषाजिल्लानगराईन नगरपालिका फुलगामा, दैलेख जिल्लादुल्लु नगरपालिकातथाभैरबीगाउँपालिकामा, बाग्लुङ जिल्लाबाडिगड गाउँपालिकासिमालचौरमा, र पाँचथर जिल्लायाङवरक गाउँपालिकामा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या२३८पुगेको छ ।
बंैकले तेह्रथुम जिल्ला फेदापगाउँपालिका वडा नं. ०२, ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमतीचन्द्र कला ढकाल, धनुषा जिल्ला नगराईन नगरपालिकावडा नं. ०४ फुल गामा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा मानराजकुमार शाह, दैलेख जिल्लादुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमनदामोदर उपाध्याय, दैलेख जिल्ला भैरबी गाउँपालिका ०५, दादिमाडी बजारमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङ्ग जिल्ला बाडिगड गाउँपालिका वडा नं. ०२ सिमाल चौरमा खोलिएको शाखा रहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमान होमनाथ खरालर पाँचथर जिल्लायाङवरक गाउँपालिका वडा नं.०१ गणेश चोक माखोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा श्रीमान घनेन्द्र काफ्लेलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, , DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आय स्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित२३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।





