ब्रेकिङ न्युज

रास्वपा केन्द्रीय सदस्यको मतदान : अहिलेसम्म २५ सय भोट खस्यो

११ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनमा मतदान जारी छ । बिहान १० बजेसम्म दुई हजार ५०० जनाले मतदान गरेका छन् ।

“बिहान १० बजेसम्म दुई हजार ५०० जनाले मतदान गरेका छन्,” प्राविधिक लक्ष्मण रिमालले भने । करिब ४२ सय मतदाता छन् ।

गएराति १२ बजेबाट मतदान सुरु भएको थियो । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ ।