३० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृ तथा सांसद डिला संग्रोलाले ऋण काढेर उखु उत्पादन गर्नु र ऋण लिएर नै प्रदर्शनमा उत्रिन बाध्य हुनु पर्ने बिडम्बना पुर्ण भएको बताएकी छिन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेतृ संग्रौलाले उखु किसानको शोषण विरुद्ध सबै एकजुट भई न्याय दिन कम्बर कस्नुपर्नेमा जोड दिएकी छिन् ।
साथै उनले किसानहरुले प्रतेक बर्ष आफुले बिक्री गरेको उखुको मूल्य नपाउदा माइतिघर मण्डलामा प्रदर्शन गर्न बाध्य हुनुमा मिल मालिक र सरकारको सांठगाँठ भएको आसंका उब्जीएको बताएकी छिन् । तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भनी मिल मालिक संग साटगाँठ त छैन उनले भनिन् ।
७ वटा चिनी उधोग किसानलाई करिब ९० करोड बक्योता तिर्न बाकी रहेको प्रसंग उल्लेख गर्दै संग्रौलाले यो देशमा सरकार छ ? भन्ने प्रश गर्दै प्रती बर्ष माइतिघर मण्डलामा आउनु पर्ने बाध्यता किन शृजना गरिन्छ भनि कटाक्ष व्यक्त गरेकी छिन् ।
उनले अगाडी भनिन्ः उखु किसानहरुले सरकारलाई कति बिन्ती बिसाउने होरुउखु उध्योगका मालिकलाई खोइ कारबाही रु ७०र७५ बर्ष सम्मका वृद्ध उखु किसानहरुलाई यो जाडोमा कहिलेसम्म आन्दोलनमा उत्रन लगाउने रुयो त मरेकै दिन भो सरकार १यस पालि पनि कुनै वाहान पारेर किसानलाई छक्याउने योजना छकी ?






