सामाजिक सञ्जाल

अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅः डा भट्टराई

३० मंसिर,काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारले अर्को विनाशकारी अध्यादेश जारी गर्नु अघि नै संसद अधिवेशन बोलाउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको प्रति आपत्ति जनाउँदै डा.भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन् ।

त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? भन्दै उनले प्रश्न गरेका छन् ।

डा.भट्टराईले अध्यादेश जारी भएसंगै चौतर्फि बिरोध भईरहेका बेला डा भट्टराईले वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? भन्दै ओली सरकारसंग प्रश्न गरेका छन् ।

उनको ट्वीटः त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्रु त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊॅ !।