सामाजिक सञ्जाल

ओली सरकारले जारी गरेको अध्यादेश अधिनायकवादको सिँढी होः डा कोईराला

३०मंसिर, काठमाडौं । प्रमखु प्रतिपक्षी दल नेपाल कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोईरालाले ओली सरकारले जारी गरेको अध्यादेश अधिनायकवादको सिँढी भएको टिप्पणी गरेका छन् ।

सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेको प्रति बिरोध जनाउँदै उनले यस्तो टिप्पणी गरेका छन् ।

संविधानको मर्म र भावना विपरीत ल्याईएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश तुरुन्तै खारेज गर्न पनि ओली सरकारसंग माग गरेका छन् ।

उनले यो अध्यादेश कांग्रेसले भन्दै आएको अधिनायकवादको सिंढी भएको उनको भनाई छ । उक्त अध्यादेश आएसंगै प्रतिपक्षमात्रे नभएर नेकपाभित्रे यतिबेला हलचल पैदा भएको छ।

उनको ट्वीटः संविधानको मर्म र भावना विपरीत ल्याईएको संवैधानिक परिषद सम्बन्धि अध्यादेशू तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।