सामाजिक सञ्जाल

कमल थापाको टिप्पणीः अध्यादेश जारी हुनु नै यो व्यवस्था असफल भएको प्रमाणित

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अध्यादेश जारी हुनेले यो व्यवस्था असफल भएको प्रमाणित हुने टिप्पणी गरेका छन् ।

सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्री सहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि अध्यक्ष थापाले ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

साथै उनले निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको बताएका छन् ।

अध्यक्ष थापाले भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण रहेको भन्दै विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको कटाक्ष गरेका छन् ।

उनको ट्वीटः (निहित स्वार्थवश संबैधानिक परिषद बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत, (भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण. (विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण , (उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित