सामाजिक सञ्जाल

गनगन गरेर मात्रै हुँदैन राष्ट्रपती र प्रधानमन्त्रीलाई मअभियोग लगाऔेंः डा.भट्टराई

१ पुष, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बक्तव्यवाजी र गनगनमात्रै गरेर बस्नेमात्रै नभई राष्ट्रपती र प्रधानमन्त्रीलाई अभियोग लगाउनुपर्नेमा जोड दिएका छन् ।

सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्री सहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि चौतर्फि बिरोध भईरहेका बेला उनले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका हुन् ।

सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन् ।

डा.भट्टराईले महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक बक्तव्यवाजी र गनगनमामात्रै रुमलीनुको साटो राष्ट्रपती र प्रधानमन्त्रीलाई अभियोग लगाने की ? भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटः महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक र वक्तब्यवाजी /गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो ?