सामाजिक सञ्जाल

प्रधानमन्त्री र राष्ट्रपतिले एकले अर्कोलाई निर्वस्त्र देखेर लाज पचाई सक्नुभयो ? –गुरुङ

१ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले निर्वस्त्र बन्नुभएका प्रधानमन्त्री र राष्ट्रपतिले एकले अर्कोलाई निर्वस्त्र देखेर लाज लाग्छ कि लाज पचाई सक्नुभयो ? भन्दै कडा प्रश्न गरेका छन् । उनले पटकपटक अध्यादेश रुपी वस्त्र लगाउने र फुकाल्ने गरेर निर्वस्त्र बनेका प्रधानमन्त्री र राष्ट्रपतिलाई देखेर लोक लाजले भुतुक्कै बनिसकेकाको भन्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीप्रति नेता गुरुगंले कडा आक्रोश पोखेका हुन् ।
नेता गुरुगंको ट्वीटः पटकपटक अध्यादेश रुपी वस्त्र लगाउने र फुकाल्ने गरेर निर्वस्त्र बनेका प्रधानमन्त्री र राष्ट्रपतिलाई देखेर लोक लाजले भुतुक्कै बनिसकेका छन्। यसरी निर्वस्त्र बन्नुभएका प्रधानमन्त्री र राष्ट्रपतिले एकले अर्कोलाई निर्वस्त्र देखेर लाज लाग्छ कि लाज पचाई सक्नुभयो ?