आर्थिक

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य

६ पुस, काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई अझउत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थीतमेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथविकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरकाे विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाकुनैशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।