पु.समाचार

केन्द्रिय सदस्यले बोल्ने क्रम जारी रहेकाले कांग्रेस बैठक आज पुनः बस्ने

८ पुष,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पुनः बस्ने भएको छ ।

मंगलबारदेखी शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले आआफ्नो धारणा राखेका थिए थियो । केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने उनले बताएका छन् ।