१० पुस, कर्णाली,जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव तथा ‘क्रिसमस’ डेका अवसरमा प्रदेशवासीका साथै सम्पूर्ण इसाई धर्मालम्बीमा शुभकामना व्यक्त गरेका छन् ।
सर्वसाधारणलाई विभेद, अन्याय, अत्याचारबाट मुक्ति दिलाउन येशु ख्रिष्टले दिएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन् भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । क्रिसमस डेले सबैमा भाइचारा र सौहार्द सन्देश प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र पर्व मनाउन आग्रह गरेका छन् ।





