ब्रेकिङ न्युज

रौतहटमा कस्ले जलायो प्रधानमन्त्री बालेनको पुत्ला ?

२५ असार, काठमाडौं । रौतहटमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुतला जलाइएको छ ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर आन्दोलनत पक्षले प्रधानमन्त्री बालेनको पुतला दहन गर्दै प्रर्दशन गरेका हुन् ।

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् ।

प्रदर्शनकारीहरूले बिजुली–पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालन गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होसियार, मौलापुरमा हाकिम पठाउँ, मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन भन्नेलगायतका नारा लगाएका छन् ।