राजनीति

डा.भट्टराईको प्रश्नः लोकतन्त्रमाथि खेलबाड हुॅदा चूप बस्ने हामी मूर्ख कि ओली ?

११ पुष,काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल विस्तार र पुर्नगठनलाई लिएर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्दै सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहॉको विधि र परम्परा हो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गरेका थिए भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए ।

डा.भट्टराईले प्रश्न गरेः सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान र लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?

उनको ट्वीटः आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने ! यो कहॉको विधि र परम्परा होरुसत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन / ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान / लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?