राजनीति

ओलीका कारण लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा, लोकतन्त्रवादीहरुको चेत खुलोस्ः नेता गुरुङ

११ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले लोकतन्त्र नै धरापमा परेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिकेको भन्दै लोकतन्त्रवादीहरुको चेत खुल्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्न गठन गरेको प्रती संसकेत गर्दै उनले यस्तो ट्वीट गरेका हुन् ।

संबिधानको धारा ७७ (१) ग बमोजिम केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त मुक्त भैसकोको र सोही धाराको उपधारा ३ बमोजिम उनी काम चलाउका प्रधानमन्त्री भएको नेता गुरुङको धारणा छ ।

काम चलाउ प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गरेर पुर्णरुपमा निरङ्कुशताको बाटो समाएको बताएका छन् । उनले ओलीका कारण लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिसको भन्दै लोकतन्त्रवादीहरुको चेत खुल्नुपर्ने बताएका छन् ।

उनको ट्वीटः संबिधानको धारा ७७९ (१) “ग” बमोजिम केपी ओली प्र.म.पदबाट मुक्त भैसके । सोही धाराको उपधारा ३बमोजिम उनी काम चलाउ प्र.म.हुन् । काम चलाउ प्र.म.ले मन्त्री परिषद विस्तार गरेर पुर्णरुपमा निरङ्कुशताको बाटो समाएका छन् । लोकतान्त्रिक संसदीय पद्धति नै धरापमा परिसक्यो । लोकतन्त्रवादीहरुको चेत खुलोस् ।