राजनीति

मुलुकमा ब्यक्ति मात्रै होईन बाटो/नीति परिवर्तन र ताजा जनादेश आवस्यकः कमल थापा

१४ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको अवस्थामा मुलुकमा ब्यक्ति मात्रै नभई बाटो÷नीति परिवर्तन र ताजा जनादेश आवस्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले केपी ओली हटाएर फेरी सांसद किनबेच र अपवित्र गठबन्धन बनाएर भ्रष्टाचार, कुशासन र अस्थिरताको नयाँ श्रृंखला शुरू गर्नुको सट्टा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा हुने बताएका छन् ।

हिन्दु राष्ट्रसहित राजसंस्थाको माग गर्दै आएका राप्रपा अध्यक्षले थापाले केपी ओलीको असफलताबाट मुक्तिको लागि पनि ताजा जनादेश आबश्यक रहेको भन्दै अहिले व्यक्ति मात्र नभई, बाटो र नीति पनि परिवर्तनगर्न आबश्यक रहेकोमा जोड दिएका छन् ।

उनको ट्वीटः केपी ओली हटाएर फेरी सांसद किनबेच र अपवित्र गठबन्धन बनाएर भ्रष्टाचार,कुशासन र अस्थिरताको नयाँ श्रृंखला शुरू गर्नुको सट्टा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा हुन्छ । केपी ओलीको असफलताबाट मुक्तिकोलागि पनि ताजा जनादेश आबश्यक छ । अहिले व्यक्ति मात्र होइन,बाटोरनीति पनि परिवर्तन आबश्यक छ ।